नेकपाको अन्तिम चुनावीसभा आज रोल्पामा

Thankot Times

थानकोट ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज चुनावलक्षित अन्तिम सभा गर्दै छ ।

उक्त सभा रोल्पाको सदरमुकाम लिबाङमा हुने नेकपाले जनाएको छ ।

आज दिउँसो हुने उक्त चुनावीसभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रण्चड’लगायत नेताहरूले सम्बोधन गर्ने जनाइएको छ ।

रोल्पामा नेकपाले वर्षमान पुनलाई उम्मेदवार बनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *