सुनको भाउ बढ्यो
थानकोट ।
नेपाली स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (फागुन १७) सुनको मूल्य तोलाको ३ लाख २० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार (फागुन १५) मा सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा किनबेच भएको छ ।
यसैगरी, आज आइतबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर ५ हजार ७ सय ४० रुपैयाँ निर्धारण भएको छ ।
गत शुक्रबार चाँदीको भाउ तोलाको ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

















