शिखर पावरको आईपीओ खुल्यो

Thankot Times

थानकोट ।

शिखर पावर डेभलपमेन्ट लिमिटेडले आइतबार (फागुन १७) देखि सर्वसाधारणका लागि आईपीओ (सेयर) बिक्री खुलाएको छ

कम्पनीले जारी पुँजीको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँबराबरको ३२ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
यसमा ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित र दुई लाख २२ हजार कित्ता वैदेशिक रोजगारीमा गएमा नेपालीका लागि र एक लाख ११ हजार कित्ता आईपीओ सामूहिक लगानी कोषका लागि बिक्री गरिसकेको छ ।

अहिले ४४ हजार ४०० कित्ता कम्पनीका कर्मचारीलाई राखेर बाँकी १८ लाख ४२ हजार ६०० कित्ता सेयर सबैका लागि बिक्री खुलाएको हो ।

प्रतिकित्ता १०० रुपैयाँ तोकिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म भर्न सकिनेछ । आईपीओ निष्कासन छिटोमा फागुन २२ र ढिलोमा चैत १ गते बन्द हुनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *