मन्त्रिपरिषद्काे आकस्मिक बैठक बस्दै
थानकोट ।
खाडी मुलुककाे बढ्दाे तनावकाे विषयलाई लिएर सरकारले मन्त्रिपरिषद्काे आकस्मिक बैठक डाकेकाे छ ।
प्रधानमन्त्री कार्यालय स्राेतका अनुसार अहिले ५ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्काे बैठक बस्नेछ ।
उक्त बैठकमा खाडी मुलुक (मध्यपूर्व) मा देखिएकाे बढ्दाे तनावका विषयमा छलफल हुने बुझिएकाे छ । केही बेरअघि मात्रै परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै खाडी मुलुकहरूमा १७ लाख बढी नागरिक विभिन्न काममा रहेकाे र अहिलेसम्म सुरक्षित रहेकाे बताएकाे छ ।
तर, युराेप-अमेरिकालगायत गन्तव्य मुलुक हिँडेका कति नेपाली खाडीका एयरपाेर्टमा ट्रान्जिटमा अल्झिएका छन् भन्ने बारे एकिन तथ्यांक नभएकाे बताएकाे छ ।

















