थानकोट डिपो लगायतमा सार्वजनिक बिदाको दिनपनि पेट्रोलियम पदार्थको आपूर्ति नरोकिने
थानकोट ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राख्दै सरकारले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
यस अवधिमा पेट्रोलियम पदार्थको आपूर्ति तथा वितरणमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले नेपाल आयल निगमले आफ्ना केही प्रादेशिक कार्यालय तथा डिपो/शाखा कार्यालयहरू तोकिएका मितिमा खुला राख्ने निर्णय गरेको छ।
निगमका अनुसार बिदाका दिनमा समेत इन्धनको सहज आपूर्ति सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाइएको छ।
साथै, निगमको थानकोट डिपोबाट सोमबार बिदाको दिन समेत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिने छ।
सम्बन्धित प्रादेशिक कार्यालय तथा डिपो/शाखा कार्यालयहरू कुन–कुन मितिमा खुला रहनेछन् भन्ने जानकारी छुट्टै रूपमा सार्वजनिक गरिने जनाइएको छ।
निगमले आम उपभोक्तालाई इन्धन अभावको चिन्ता नगर्न आग्रह गर्दै नियमित आपूर्ति कायम रहने स्पष्ट पारेको छ।


















