आईसीसी टी-२० विश्वकप: सेमीफाइनल समीकरण पूरा, पहिलो सेमीफाइनल खेल बुधबार हुने
थानकोट ।
आईसीसी टी-२० विश्वकपको ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा पुगेको छ ।
हिजो (आइतबार) बेलुकी भएको ‘सुपर एट’को खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै भारत सेमिफाइनलमा पुगेको हो ।
वेस्ट इन्डिजले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो ।
भारतका सञ्जु स्यामसनले अविजित ९७ रन बनाए । त्यसअघि भारतको कोलकातामा टस हारेर ब्याटिङ गरेको वेस्ड इन्डिजले ५ विकेट गुमाएर १ सय ९५ रन बनायो ।
वेस्ट इन्डिजका रोस्टन चेसले सबैभन्दा धेरै ४० रन बनाए ।
आइतबार नै सम्पन्न ‘सुपर एट’को खेलमा दक्षिण अफ्रिकाले जिम्बाबेलाई ५ विकेटले हरायो । योसँगै टी–२० विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ ।
समूह १ बाट दक्षिण अफ्रिका र भारत तथा समूह २ बाट इङ्ग्लायन्ड र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् ।
यही बुधवार हुने पहिलो समिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड तथा बिहिबार हुने दोश्रो सेमिफाइनलमा भारत र इङ्ग्यान्ड खेल्नेछन् ।

















