मतदानका दिन चन्द्रागिरि केबलकार सेवा बन्द रहने

Thankot Times

थानकोट ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन चन्द्रागिरि केबलकार सेवा बन्द रहने भएको छ ।

कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै फागुन २१ गते बिहीबारका दिन केबलकार सेवा बन्द रहने जनाएको हो । फागुन २१ गते देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यक्रम सञ्चालन हुँदैछ ।

फागुन २२ गते शुक्रबारबाट केबलकार सेवा पूर्ववत् सुचारु हुने चन्द्रागिरि हिल्सले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *