सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुनको भाउ तोलामा पाँच हजार ६ सय रुपैयाँले बढेर तीन लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो आइतबार सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो कारोबार दिन चाँदी तोलाको ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *