माैसम पूर्वानुमानः केही स्थानमा आज हिमपात र वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भावना छ ।

कोसी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ । दिउँसो कोसी प्रदेशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ ।

वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको पहाडी र हिमाली भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

विभागले राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहने बताएको छ । कोसी र गण्डकी  प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *