सुनको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (फागुन १९) सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २ हजार ५ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार, आजका लागि सुन प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

हिजो सोमबार सुन तोलाको तीन लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार चाँदीको भाउ तोलामा २ सय ५ रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला ६ हजार २० रुपैयाँमा किनबेच भएको चाँदी यस दिन पाँच हजार ८ सय १५ रुपैयाँ ताेकिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *