साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

Thankot Times

थानकोट ।

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ ।

मंगलबार (फागुन १९) नेपाली राष्ट्रिय यू–२० टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले धरवेन्द्र कुँवरको कप्तानीमा प्रतियोगिताका निम्ति २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले आजै खेलाडीहरूको नाम सार्वजनिक गरेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले माल्दिभ्समा यही मार्च २३ देखि अप्रिल ४ सम्म साफ यू–२० च्याम्पियनसिप आयोजना गर्दै छ ।

प्रतियोगितामा नेपालसहित साफका सातै सदस्य राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ, जसमा नेपाल र भारत छन् । त्यसैगरी, समूह ‘ए’मा बंगलादेश र माल्दिभ्स छन् भने समूह ‘सी’मा भुटान, श्रीलंका र पाकिस्तान छन् ।

यस्तो छ नेपाली टिम :

अलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उर्न, विज्ञान खड्का, विनय ठाकुर, धरवेन्द्र कुँवर, गणेश पुलामीमगर, जोन विष्ट, निशानराज लवट, पवन पाख्रिन, पेम्बानोर्बु भोटे, प्रशान्त मोक्तान, प्रसुन तामाङ, रञ्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सविनकुमार लुगेंलीमगर, सविन राई, सिद्धान्त खड्का, सुवास बम, सुजन बस्नेत, सुजन डंगोल ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *