बल्खु पुलमा कार जलाएको आरोपमा थानकोटबाट दुई जना पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौँको महाराजगञ्ज र नैकापमा गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुमन बोहरा र कृष्ण मिजार छन् ।

आरोपीहरूलाई थानकोटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

मंगलबार बिहान नैकाप नजिकै बल्खु पुलमा बीएए २८३६ नम्बरको टोयोटा कार र महाराजगञ्जमा बा.७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको थियो ।

गाडी आगजनीमा उनीहरूको संलग्नता देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

उनीहरू दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध रहेको भेटिएको एसएसपी खड्काले जानकारी दिए । गाडी आगजनी गरिएको ठाउँमा सो महाभियानको पर्चा भेटिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *