निर्वाचनको दिन चलाउन छुट पाएका व्यक्तिबाहेक अन्यलाई गाडीमा नचढाउनू- निर्वाचन आयोग

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन चलाउन छुट पाएका व्यक्तिबाहेक अन्यलाई गाडीमा चढाउन नपाइने जनाएको छ ।

आयोगले मंगलबार (फागुन १९) प्रेस विज्ञप्ति जारी गरी सम्बन्धित व्यक्तिले मात्रै सवारीसाधन चलाउन अनुरोध गरेको हो ।

त्यसबाहेकलाई ओसारपसार गरेमा गाडी चलाउन रोक लगाइने आयोगले जनाएको छ ।

“सवारी आवागमन सहजीकरणका गर्ने प्रयोजनका लागि सवारी पास आवश्यक नपर्ने गरी आवश्यक व्यवस्था मिलाउन यस पूर्व गरिएका सिफारिसहरू र यो सिफारिस बमोजिम सवारी पास आवश्यक नपर्ने गरी छुट पाएका सवारीसाधनले सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्नुहुन सम्बन्धित सबैलाई अनुरोध छ,” आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सो विपरीत गरे/गराइएको पाइएमा स्थानीय प्रशासनले त्यस्ता सवारीसाधनको सञ्चालनमा रोक लगाइनेछ ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *