हाइभिजन कोलोनी क्षेत्रमा शंकास्पद वस्तु भेटियो, घटनास्थलमा सुरक्षाकर्मी परिचालन (अपडेट)
थानकोट ।
चन्द्रागिरि नगरपालिका- ७ थानकोट वाणस्थलीस्थित हाइभिजन कोलोनी क्षेत्रमा मंगलबार साँझ शंकास्पद वस्तु भेटिएपछि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
साँझ करिब ८ बजे सो क्षेत्रमा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएको प्रत्यक्षदर्शीले जनाए ।
यसबारेमा थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।
अपडेटः
चन्द्रागिरि नगरपालिका- ७ थानकोट वाणस्थलीस्थित हाइभिजन कोलोनी क्षेत्रमा मंगलबार साँझ भेटिएको शंकास्पद वस्तु फोहोरको पोका भएको पाइएको प्रहरीले जनाएको छ ।















