काठमाडाैं क्षेत्र नं. १० का अधिकांश मतदान केन्द्र विद्यालयमा, ९ केन्द्र मन्दिर परिसरमा

Thankot Times

थानकोट । 

प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ का लागि काठमाडाैं क्षेत्र नं. १० मा अधिकांश मतदान केन्द्र विद्यालयमा राखिएको छ । 

काठमाडाैं क्षेत्र नं. १० मा यी तीन स्थानीय तहका २९ वडा रहेका छन् । जसमा चन्द्रागिरि नगरका २ देखी ११ सम्मका १० वडा, कीर्तिपुर नगरको १० वटा वडा र दक्षिणकाली नगरको ९ वटा वडा क्षेत्र समेटिएको यस निर्वाचन क्षेत्रमा आसन्न चुनावका लागि ४७ मतदानस्थल र ९८ मतदान केन्द्र तोकिएका छन् ।  यी मध्ये ६० वटा मतदान केन्द्र विद्यालय हातामा निर्धारण गरिएका छन् । यस्तै, ९ वटा मतदान केन्द्र मन्दिर परिसरमा राखिएका छन्, अन्य मतदान केन्द्रहरू खुला चाैर, कोत घर, सार्वजनिक चोक तथा विभिन्न भवनका प्राङ्गणमा राखिएका छन् ।

आसन्न चुनावका लागि कीर्तिपुर नगर क्षेत्रमा २० मतदानस्थल, दक्षिणकाली नगर क्षेत्रमा १५ मतदानस्थल र चन्द्रागिरि नगर क्षेत्रमा १२ कायम गरिएका छन् । यी मतदानस्थलमा ८३३०१ जनाले मतदान गर्नेछन् ।

मंगलबार अबेरसम्म कतिपय मतदानस्थलमा तयारी जारी रहेको थियो ।

बुधबार साँझसम्म सबै मतदानस्थलमा मतदान केन्द्रको व्यवस्था भइसक्ने सम्बन्धित मतदान केन्द्रका अधिकृतले जानकारी दिएका छन् । मंगलबार विभिन्न मतदान केन्द्रमा सर्वदलीय बैठकसमेत सम्पन्न भएको छ । 

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *