खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

Thankot Times

थानकोट ।

परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई आफ्नो विवरण भर्न आग्रह गरेका छन् ।

मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टलमा खाडी क्षेत्रका विभिन्न दूतावासले नेपाली श्रमिकलाई आफ्नो विवरण भर्न आग्रह गरेका हुन् ।

नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि सूचना सङ्कलनका लागि पोर्टल सञ्चालनमा ल्याइएको हो ।

परराष्ट्र मन्त्रालयको तयार पारेको पोर्टलमा साउदी अरब, यमनमा रहेका नेपालीकाबारेमा सूचना सङ्कलन गरिनेछ । यस्तै, विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी सङ्घसंस्थाले पनि नेपालीको सहयोगका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *