आईसीसी टी-२० विश्वकप क्रिकेटः सेमीफाइनलमा आज दक्षिण अफ्रिका र न्युजील्याण्डबीच खेल हुने

Thankot Times

थानकोट । 

भारत र श्रीलंकामा जारी आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज (बुधबार) दक्षिण अफ्रिका र न्युजील्याण्ड भिड्दै छन्।

दुई देशबीचको खेल साँझ ७ बजे कोलकाताको इडेन गार्डेन स्टेडियममा शुरू हुनेछ।

दक्षिण अफ्रिका अहिलेसम्म प्रतियोगितामा अपराजित रहेको छ र एक पनि खेल हारेको छैन ।

न्युजील्याण्डले एक हार बेहोरेको छ । सुपर ८ मा न्युजील्याण्ड इङ्गल्याण्डसँग पराजित भएको थियो । एक खेल नतिजाविहीन बनेको थियो ।

न्युजिल्याण्ड पाँचौं पटक टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

यसअघि, उनीहरू २००७, २०१६, २०२१ र २०२२ मा अन्तिम चारमा पुगेका थिए, तर यी चार पटकमा एक पटक मात्र जीत हासिल गरेको थियो । 

यसबीच, दक्षिण अफ्रिका चौथो पटक सेमिफाइनल खेलिरहेको छ। यसअघि, उनीहरू २००९, २०१४ र २०२४ मा यो चरणमा पुगेका थिए। यी मध्ये, उनीहरूले २०२४ मा सेमिफाइनल जितेर आफ्नो पहिलो फाइनल सुरक्षित गरेका थिए।

दोश्रो सेमीफाइनलमा भोलि बिहीबार भारत र इंग्ल्याण्डबीच खेल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *