ग्लोबल बैंकका थानकोटस्थित दुवै शाखा आज खुला रहने

Thankot Times

थानकोट ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूको सुविधाका लागि देशका विभिन्न स्थानमा शाखा कार्यालयहरू आज सञ्चालनमा ल्याउने जनाएको छ ।

बैंकले एक सूचना जारी गर्दै बुधबार सातै प्रदेशका तोकिएका शाखाहरू खुला रहने जानकारी दिएको हो ।

कोशी प्रदेशमा हनुमानदास रोड, गाईघाट, धुलाबारी, तीनपैनी, इटहरी, धरान, इनरुवा र ट्राफिक चोक (विराटनगर) र मधेश प्रदेशमा वीरगन्ज, लहान, जनकपुर, गोलबजार, मिर्चैया र लालबन्दी कार्यालय सञ्चालन हुनेछन् ।

बैंकले बागमती प्रदेशमा कान्तिपथ, न्युरोड, कुलेश्वर, धापासी, ठमेल, नारायणगढ, मध्य–बानेश्वर, कमलादी, हेटौँडा, चाबहिल चोक, पानीपोखरी, त्रिपुरेश्वर, गोंगबु, कोटेश्वर, कलंकी, अनामनगर, टाँडी, सूर्यविनायक, जावलाखेल, बनेपा, थानकोट, सुकेधारा, चारखाल (डिल्लीबजार), पनौती, शंखमुल र इमाखेल (थानकोट) कार्यालय सञ्चालन गर्ने जनाएको छ ।

यसबाहेक बैंकले बागलुङ, र पोखरा बुटवल, नेपालगन्ज, भैरहवा, घोराही, सुर्खेत, टिकापुर, अत्तरिया, क्याम्पस चोक (धनगढी) र महेन्द्रनगर कार्यालय सञ्चालन गर्ने बैंकले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *