बिहान ११ बजेसम्म काठमाडाैं क्षेत्र नंं ९ र १० मा कति खस्यो भोट ?
थानकोट ।
निर्वाचन आयोगले बिहीबार मध्यान्ह १२ बजेसम्म १८ प्रतिशत मत खसेको जनाएको छ ।
सबै जिल्लामा उत्साहजनक मतदान भइरहेको जनाएको आयोगले १२ बजेसम्म देशभर कूल ३१ लाख ६३ हजार ७३६ मत खसेको जनाएको हो ।
यो कूल मतदाता संख्याको लगभग १८ प्रतिशत मत हो ।
बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार २४ मत खसेको थियो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार त्यो कुल मतदाताको १०.१ प्रतिशत रहेको थियो । भट्टराईले बताए ।
देशभर कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।
काठमाडौंका निर्वाचन क्षेत्र नम्बर १० मा बिहान ११ बजेसम्म २० हजार मत खसेको छ । यस क्षेत्रमा कुल ८३ हजार ३ सय १ मतदाता रहेका छन् ।
यस्तै, बिहान ११ बजेसम्म काठमाडौंका निर्वाचन क्षेत्र नम्बर ९ मा १३ हजार भन्दा बढी मत खसेको छ । यस क्षेत्रमा ७८ हजार ४ सय ९५ मतदाता रहेका छन् ।















