आईसीसी टी-२० विश्वकप क्रिकेटः तेस्रोपटक सेमीफाइनलमा भिड्दै भारत र इंग्ल्यान्ड

Thankot Times

थानकोट ।

जारी टी-२० विश्वकप क्रिकेट अन्तर्गत दोश्रो तथा अन्तिम सेमीफाइनलमा भारत र इंग्ल्यान्ड आज प्रतिस्पर्धा गर्दै छन् ।

आज मुम्बईको वानखेडे रङ्गशालामा नेपाली समय अनुसार आज साँझ ७ः१५ बजे यो खेल सुरु हुनेछ ।

भारत समूह–२ को विजेता राष्ट्र हो ।

भारतले समूह चरणमा पाँच खेलबाट आठ अंक बनाएर समूह विजेता बनेको थियो ।

इंग्ल्याण्डले भने समूह चरणमा पाँच खेलबाट सात अंक बनाउँदै उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगितामा अपराजित रहेको दक्षिण अफ्रिकामाथि ९ विकेटको जित निकाल्दै न्युजील्याण्ड बुधबार प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *