प्रतिनिधि सभा सदस्य निर्वाचनः काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
थानकोट ।
प्रतिनिधि सभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौं जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।
काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए ।
खसेको मतको एकिन हुन केही समय लाग्ने उनको भनाइ छ ।
मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए ।
यी हुन मतगणना हुने स्थानहरु:
क्षेत्र नं १ सहकारी विभाग
क्षेत्र नं २ कागेश्वर मनोहरा नगरपालिका
क्षेत्र नं ३ चामुन्डा माध्यामिक विद्यालय नारायणटार
क्षेत्र नं ४ बूढानीलकण्ठ नगरपालिका २ जेष्ठ नागरिक कार्यालय
क्षेत्र नं ५ श्री समाज भवन टोखा नगरपालिका–५
क्षेत्र नं ६ तार्केश्वर नगरपालिका, धर्मस्थली
क्षेत्र नं ७ जुडो हल नयाँबजार
क्षेत्र नं ८ जनउद्धार मावि हरिसिद्धी, काठमाडौँ
क्षेत्र नं ९ चन्द्रगिरि नगरपालिका, बलम्बु
क्षेत्र नं १० त्रिभुवन विश्व विद्यालय स्मृति भवन, कीर्तिपुर















