चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुङ्गल बोसिगाउँमा खस्यो सबैभन्दा धेरै मत
थानकोट ।
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडाैं जिल्ला निर्वाचन क्षेत्र नं. १० अन्तर्गत चन्द्रागिरि नगरपालिकामा क्षेत्रमा २२०१७ मत खसेको बताइएको छ ।
चन्द्रागिरि नगरमा भएका ५२७४७ मतदाता मध्ये काठमाडाैं क्षेत्र नं. १० मा चन्द्रागिरि नगरका कुल ३०६५४ मतदाताहरू रहेका छन् ।
प्रतिशतका आधारमा यस क्षेत्रमा सबैभन्दा धेरै मत चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुङ्गल बोसिगाउँस्थित भैरवनाथ आधारभूत विद्यालय मतदानस्थलको ख मतदान केन्द्रमा ७७.२१ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तस्बिरः शिवकुमार महर्जनको फेसबुक















