काठमाडाैं १० अन्तर्गत दक्षिणकाली नगरपालिकाको मतगणना सम्पन्न, घण्टीमा ५६% मत

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।

काठमाडाैंका १० वटै निर्वाचन क्षेत्रमा अहिले मतगणना भइरहेको छ ।

निर्वाचन आयोगका अनुसार काठमाडाैं क्षेत्र नं. १० अन्तर्गत दक्षिणकाली नगरपालिका क्षेत्रको मतगणना सम्पन्न भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार दक्षिणकाली नगरपालिका क्षेत्रमा सबै १३३३६ मत  गणना भएको छ । जसमध्ये ७४५ मत बदर हुँदा १२५९१ मत सदर भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार दक्षिणकाली नगरपालिकामा रास्वपाले सबैभन्दा धेरै ७२६७ मत पाएको छ । रूख चिन्हमा १७४४ मत खस्दा हलोमा ११९४ मत खसेको छ । सूर्य चिन्हमा १०६७ मत परेको छ । यस्तै, चिम चिन्हमा ५४७ मत, तारा चिन्हमा ४७४ मत, चेसगोटी चिन्हमा १०५ मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ