प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ः काठमाडाैं क्षेत्र नं. १ मा रास्वपाकी रञ्जु दर्शना विजयी
थानकोट ।
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ ।
पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडाैं जिल्ला निर्वाचन क्षेत्र नं. १ मा जित हात पारेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ मा चुनावी नतिजा टुंगो लागेको यो पहिलो निर्वाचन क्षेत्र हो ।
काठमाडौं–१ मा रास्वपाकी उमेदवार रन्जु दर्शना (न्यौपाने) निर्वाचित भएकी छन् । उनले १५ हजार ४५५ मत ल्याएकी हुन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाए ।
राप्रपाका रवीन्द्र मिश्रले तीन हजार ९७२ मत प्राप्त गरे ।
दर्शना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भर्खरै गरेको हो ।
अब यस क्षेत्रमा समानुपातिक मत गणनाको कार्य सुरु हुनेछ ।
फाइल तस्बिरः सामाजिक सञ्जालबाट















