अन्तिम नतिजा नआएसम्म निराश नहुन श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङको आग्रह
थानकोट ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले निर्वाचनको अन्तिम नतिजा नआइन्जेल निराश नहुन आग्रह गरेका छन् ।
मतगणना भइरहेको अधिकांश क्षेत्रमा रास्वपा अगाडी देखिएपछि अध्यक्ष राईले निर्वाचनको मतगणना आइरहँदा उनले रमाइहाल्ने र निराश भइहाल्न नहुने बताएका हुन् ।
उनी सुनसरी क्षेत्र नम्बर १ मा उम्मेदवार छन् ।















