जनताको जनादेशलाई उच्च सम्मान गर्दछु, चुनावमा जित हार हुन्छ- हिमाल कार्की

Thankot Times

थानकोध्ट । 

प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका काठमाडाैं क्षेत्र नं. १० का नेपाली काँग्रेसका उमेदवार हिमाल कार्कीले मतदातालाई धन्यवाद् दिएका छन् । उनी रास्वपाका प्रदिप विष्टसँग पराजित भएका थिए । 

शनिबार सामाजिक सञ्जालमा उनले लेखेका छन्- 

जनताको जनादेश लाई उच्च सम्मान गर्दछु। चुनावमा जित हार हुन्छ, हामीलाई विश्वास र समर्थन गर्नुहुने ८००० भन्दा वढी आदरणीय मतदाता, नेताज्यु हरू, निर्वाचनमा अहोरात्र खटिनु हुने पार्टी पंक्तीका साथीहरू, नातागोता तथा सुभेच्छुक साथीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।
सामाजिक सेवा, विकास निर्माण र जनता का हरेक सु:ख दु:ख मा ३६ औं वर्ष सॅगसॅगै हातेमालो गरेर काम गर्दा पनी जित हासील गर्न सकिएन र पनी हामी दु:खी हुनु पर्दैन । अव फेरी यही जगबाट हामी जनभावन अनुसार अगाडी वढछौं र जनताका पक्षमा अझ वढी शसक्त रूपमा अघि वढछौं ।
विजयी मित्र प्रदिप विष्टलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु र तमाम जनताको चाहना पुरा गर्न सकुन ।
धन्यवाद,जय नेपाल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ