झापा-५ मा रास्वपाका बालेन विजयी, नेकपा एमालेका अध्यक्ष केपी ओली ४९ हजार ६१४ मतान्तरले पराजित
थानकोट ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेन निर्वाचित भएका छन् ।
बालेनले ४९ हजार ६१४ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले १८ हजार ७३४ मत ल्याए ।
बालेनले शनिबार साँझ नै विजयी बनेको प्रमाणपत्र बुझेका छन् ।















