‘बालेन बाबु, तपाईंको पाँचवर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’- केपी ओली
थानकोट ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले सामाजिक सञ्जालमा शनिबार साँझ बधाई दिएका हुन् । शनिबार नै बालेन झापा क्षेत्र नं. ५ मा ४९ हजार ६१४ मत ल्याएर निर्वाचित भएका थिए । उनले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन् ।
बालेनलाई बाबु भन्दै बधाई दिएका ओलीले लेखेका छन्
बालेन बाबु,बिजयको लागि तपाईंलाई बधाई !तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना !















