नारी दिवसको अवसरमा आज नारीहरूका लागि चन्द्रागिरि केबलकारको टिकटमा १५% छुट

Thankot Times

थानकोट ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (नारी दिवस)का अवसरमा आज आइतबार विश्वभर महिलासँग सम्बन्धित विभिन्न कार्यक्रम आयोजना हुँदैछ।

नेपालमा पनि यस अवसरमा विभिन्न् कार्यक्रम तय भएका छन् ।

यसैबीच अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (नारी दिवस)का अवसरमा आज आइतबार चन्द्रागिरि केबलकारको यात्रा गर्ने हरेक महिला (नारी) हरूले टिकट खरिदमा छुट पाउने भएका छन् ।

चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सका अनुसार महिला यात्रुहरूले आज केबलकारको टिकट खरिद गर्दा १५ प्रतिशत छुट पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ