आज केही भू-भागमा वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ ।

पाँचवटा प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । तराई भू-भागका केही स्थानमा बिहान हुस्सु लाग्नेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । देशको बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।

कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भामामा साधरणतया बादल लाग्नेछ । बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।

कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानमा र वाग्मती  प्रदेशको पहाडी र हिमाली क्षेत्र तथा कोसी प्रदेशको तराई भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई भू-भागका थोरै स्थानमा तुँवालो लाग्नेछ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ