काठमाडाैं क्षेत्र नं. ९ को समानुपातिक मतगणना सम्पन्न, रास्वपाले पायो ३४६७१ मत
थानकोट ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडाैं क्षेत्र नंं ९ मा समानुपातिकतर्फको पनि मतगणना सम्पन्न भएको छ ।
प्रत्यक्षतर्फ रास्वपाले भारी मतान्तरसहित जित हात पारेको यस क्षेत्रमा समानुपातिकतर्फ पनि घण्टी चिन्हमा भारी मत परेको छ ।
७८४९५ मतदाता भएको यस क्षेत्रमा ५२७४० जनाले मतदान गरेका थिए ।
जसमा ५१८०७ मत सदर हुँदा ९३३ मत बदर भएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयद्वारा जारी विज्ञप्तिका अनुसार यस क्षेत्रमा समानुपातिकतर्फ खसेको कुल सदर मतमध्ये रास्वपाले ३४६७१* मत पाएको हो ।
नेपाली काँग्रेसले ५४५७ मत पाउँदा नेकपा एमालेले ४१९९ मत पाएको छ । राप्रपाले ३०६६ मत पाउँदा नेकपाले १२८६ मत पाएको छ ।
यस क्षेत्रमा बाँसुरी चिन्हको राष्ट्रिय परिवर्तन पार्टीमा ९२४ मत खसेको छ ।
नेमकिपाले ६७४ मत पाउँदा श्रम संस्कृति पार्टीले ५२८ मत प्राप्त गरेको छ ।
काठमाडाैं क्षेत्र नंं ९ मा काठमाडौ महानगरपालिकाको वडा नम्बर १२,१४,२१ र २२ चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १,१२,१३,१४ र १५ र नागार्जुन नगरपालिकाको वडा नम्बर ६,७,८,९ र १० यस क्षेत्रमा पर्दछ ।
काठमाडौंमा रास्वपाको ‘क्लिन स्वीप’मा अर्याल र विष्ट सबैभन्दा बढी मतान्तरले विजयी
*यसअघि अन्यथा भएकोमा सच्याइएको छ।















