प्रतिनिधि सभा सदस्य निर्वाचनः हर्क साम्पाङको पार्टीले जित्यो पहिलो सिट

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत खोटाङ क्षेत्र नम्बर १ को अन्तिम नतिजा सार्वजनिक भएको छ। प्राप्त ताजा मत परिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन्।

राईले १६,६१२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई फराकिलो अन्तरले पछाडि पारेका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देव विक्रम राईले १२,७१४ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार वीर काजी राईले ११,९५७ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।

आरेन राईले एमालेका उम्मेदवारलाई ३,८९८ मतान्तरले पराजित गरेका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ