अझै तीन दिन राम्रोसँग घाम देख्न नपाइने, केही स्थानमा हल्का वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

देशका विभिन्न क्षेत्रमा मंगलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ ।

मौसमविद् रोजन लामिछानेले आज बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।

हाल देशको वायुमण्डलमा उच्च चापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ”, मौसमविद् लामिछानेले भने ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली हुने छ भने अन्य क्षेत्रमा आंशिक बदली हुनेछ । कोशी र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा तथा वाग्मती प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ