श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा सदस्य चुनावमा सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन् ।

साम्पाङ ८ हजार ४९२ मतान्तरसहित विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

साम्पाङले ३५ हजार ७४१ मत ल्याउँदा उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले २७ हजार २४९ मत पाएको बताइएको छ ।

यसैगरी नेकपा एमालेका टीकाराम लिम्बुले ६ हजार ४६३ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत प्राप्त गरे


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ