मन जित्ने कुरामा निरन्तर लागिरहनेछु- राप्रपा अध्यक्ष लिङ्देन

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको मन जित्ने कुरामा निरन्तर लागिरहने बताएका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएपछि लिङ्देनको भनाइ सार्वजनिक भएको हो । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रकाश पाठक निर्वाचित भइसकेका छन् ।

पाठकसँग पराजयभएपछि लिङ्देनले जनताको मन जित्ने कुरामा निरन्तर लागिरहने बताएका हुन् । उनले भने, ‘अत्यन्तै प्रतिकूल समयमा पनि राप्रपालाई विश्वास गरेर मतदान गर्नुहुने तथा यसपटक मत दिन असमर्थ सबैप्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु। मैले सधैँ भन्दै आएको छु। चुनाव जित्नु नजित्नु अलग कुरा हो, मुख्य कुरा मन जित्ने कुरा हो।’

३८ हजार ६७४ मत ल्याएर रास्वपाका पाठक निर्वाचित हुँदा लिङ्देनले १७ हजार २९४ मत ल्याए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ