चुनाव जितेका १४ महिला उम्मेदवारमध्ये १३ जना रास्वपाका, रास्वपाका १६ महिला उम्मेदवारमध्ये १३ जना विजयी

Thankot Times

थानकोट ।

प्रतिनिधिसभा सदस्य चुनावमा प्रत्यक्षतर्फ अहिलेसम्म १४ जना महिला निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा चुनावमा उठाएका १६ महिला उम्मेदवारमध्ये १३ जना विजयी भए ।

जुम्लामा बिनिता कठायत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीसँग र सुनसरी–१ मा सरिन तामाङ श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईसँग पराजित भए । हुम्लामा उम्मेदवारी दिएकी टासी ल्हान्जोम चौथो स्थानमा सीमित भइन् ।

रास्वपाबाट काठमाण्डाैं–१ मा रञ्जु दर्शना, ललितपुर–३ मा तोसिमा कार्की, चितवन–३ मा सोविता गौतम, मोरङ–६ मा  रुबिना आचार्य, कास्की–३ मा बिना गुरुङ, कैलाली–१ मा कोमल ज्ञवाली, मोरङ–५ मा आशा झा, सर्लाही–१ मा नितिमा भण्डारी कार्की, झापा–१ मा निशा डाँगी र झापा–२ मा प्रतिनिधिसभाकी पूर्वउपसभामुख इन्दिरा राना मगर विजयी भएका छन् ।

यस्तै, रास्वपाबाटै धादिङ–१ मा आशिका तामाङ, सप्तरी–१ मा पुष्पाकुमारी चौधरी र महोत्तरी–४ मा गौरी कुमारी विजयी भएकी छन् ।

यस्तै, प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट महिलातर्फ बासाना थापा मात्रै विजयी भएकी छन् । उनी दैलेख–१ मा विजयी भएकी हुन् ।

नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायत अरू कुनै पनि दलबाट महिला उम्मेदवार निर्वाचित भएका छैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ