प्रत्यक्षमा १२० सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि झन्डै आधा मत

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२० क्षेत्रमा विजयी भएकोे छ ।

आइतबार साँझ ६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले पाँच निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म १५६ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ। त्यस्तै, नेकपा (एमाले) सात स्थानमा विजयी भएको छ भने तीन स्थानमा अगाडि रहेको छ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट हालसम्म सात उम्मेदवार विजयी भएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयीभएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन्।

त्यसैगरी, प्रतिनिधि सभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म ५० लाख १८ हजार ६१२ मतगणना सम्पन्न भएको छ। त्यसमध्ये रास्वपाले २४ लाख ७२ हजार ९६१, कांग्रेसले आठ लाख ३६ हजार १७७, एमालेले सात लाख १५ हजार २१७ र नेकपाले तीन लाख ४० हजार ४४, राप्रपाले एक लाख ८० हजार ७९१ र श्रम संस्कृति पार्टीले एक लाख २३ हजार २४१ मत प्राप्त गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ