समानुपातिकतर्फ ७८ लाख मतगणना हुँदा रास्वपालाई ३८ लाख, श्रम संस्कृतिलाई कति ?
थानकोट ।
प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ७८ लाख ६३ हजार ९५० मत गणना भएको छ ।
निर्वाचन आयोगबाट प्राप्त तथ्यांकअनुसार आज बिहानसम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३८ लाख ४३७ मत प्राप्त गरेको छ ।
त्यस्तै, नेपाली कांग्रेसले १२ लाख ८० हजार ७००, नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १० लाख ८३ हजार ८८४, नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ६० हजार १६७, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६५ हजार ७१० र श्रम संस्कृति पार्टीले २ लाख ६१ हजार ८२१ मत प्राप्त गरेको छ ।
मतगणना जारी छ ।
















