सुनचाँदी मूल्यमा गिरावट
थानकोट ।
कारोबार हुने यस साताको दोश्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
यसदिन सुनको मूल्य तोलामा तीन हजार ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख १३ हजार २ सय रुपैयाँ कायम छ ।
हिजो आइतबार (फागुन २४) छापावाल सुन प्रतितोला तीन लाख १६ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।
सोमबार चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले घटेको छ ।
यसदिन चाँदी प्रतितोला पाँच हजार ४ सय १० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।
हिजो आइतबार चाँदी प्रतितोला पाँच हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।















