प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८१ः ४० जिल्लामा रास्वपाको क्लिन स्वीप

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ ४० जिल्लामा एकलौटी जित हात पारेको छ।

२०७९ सालमा स्थापना भएको पार्टीले चार वर्षको छोटो अवधिमै असाधारण सफलता हासिल गरेको हो।

२०७९ सालको निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २१ सिट जितेको थियो।

फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले अहिलेसम्म प्रत्यक्षतर्फ १२४ स्थान जितिसकेको छ। एक स्थानमा अग्रता छ।

साथै समानुपातिकतर्फ ३९ लाख ४ हजार ७४८ मत ल्याइसकेको छ। जबकि अघिल्लो निर्वाचनमा उसले ११ लाख २४ हजार ५५७ प्राप्त गरेको थियो।

२०६४ सालमा तत्कालीन नेकपा माओवादीले ३२ हाराहारी जिल्ला एकलौटी जितेको थियो। अहिले रास्वपाले ४० जिल्लामा एकलौटी जित हात पारेको हो।

यसपटकको निर्वाचनमा रास्वपाले कोशी, मधेस, पश्चिम तराई र सुदूरपश्चिमका तराईलगायत सहरी क्षेत्रको ठूला मताधार भएको स्थानमा एकलौटी जित हात पारेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ