कलंकी बाफलमा स्कुटर दुर्घटना हुँदा एकजना महिलाको मृत्यु
थानकोट ।
काठमाडौंको बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
दुर्घटनामा स्कुटरमा सवार नवलपरासी पूर्व घर भएकी ५० वर्षीया पिन्कीदेवी रौनियारको मृत्यु भएको हो ।
काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा बाप्र ०२–०४९ प १६३५ नम्बरको मोटरसाइकल र लु ७९ प ३४९ नम्बरको स्कुटर आपसमा ठक्कर खाँदा रौनियार गम्भीर घाइते भएकी थिइन् ।
रौनियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
घाइते स्कुटर चालकको राष्ट्रिय ट्रमा सेन्टर र मोटरसाइकल चालकको शहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।















