कांग्रेस सभापतिबाट राजीनामा दिने गगन थापाको तयारी
थानकोट ।
नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिने तयारी गरेका छन् ।
राजीनामाबारे उपसभापति विश्वप्रकाश शर्मासँग नयाँबानेश्वरमा उनले छलफल गरिरहेका छन् ।
शर्माले भने राजीनामा नदिन सुझाव दिएका छन् । ‘पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ । अत म राजीनामा दिन्छु’, गगनले शर्मालाई भनेका छन् ।
‘रास्वपाको जितभन्दा बढी यो हाम्रो पराजय हो, तर यसको दोषी न त केवल एक व्यक्ति हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति हो । नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता अनि ५० औँ दिनमा चुनाव थियो ।
त्यसैले पराजयको समग्र र सूक्ष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ, सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अफ्ट्यारो अवस्थामा पुग्न दिनुहुन्न’, शर्माको भनाइ छ ।
दुई नेताबीचको छलफल जारी छ ।















