नेपालको नयाँ चुनावलाई बङ्गलादेशका प्रधानमन्त्री रहमानको बधाई सन्देश, रवि र बालेनलाई मोदीको फोन

Thankot Times

थानकोट ।

हालसालै चुनाव गरेर दुईतिहाईको सरकार बनाएका बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले चुनाव सम्पन्न गरेकोमा नेपालीलाई  बधाई दिएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिस्ठ नेता बालेन्द्र शाहसँग कुराकानी गरेकाे केही समयपछि रहमानको बधाई आएको हो ।

उनले नेपाल सरकार र नेपालीलाई शान्तिपूर्ण चुनाव सम्पन्न गरेकाेमा बधाई दिएका हुन् ।

उनले नेपाल र बङ्गलादेशको सहकार्य र मित्रता कायम हुने बताए ।

यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री माेदीले फोन गरेर लामिछाने र शाहलाई बधाई दिएका हुन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै मोदीले दुई नेतासँग कुराकानी गरेर चुनावको भव्य जितको बधाई दिएको बताएका छन् । दुवै देशको आपसी समृद्धि, प्रगति र कल्याणका लागि भारत उनीहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश आफूले दिएको पनि मोदीले बताएका छन् ।

दुई देशको सहकार्य आगामी दिनमा हुनेपनि मोदीले उल्लेख गरेका छन् । केही दिन अगाडि मोदीले सामाजिक सञ्जालमा पोस्ट गरेर नेपाली जनता र सरकारलाई चुनाव सम्पन्न गरेकोमा बधाई दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ