समानुपातिकतर्फ १ करोड २ लाख ९७ हजार मतगणना, रास्वपा अग्रस्थानमा

Thankot Times

थानकोट।

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड ०२ लाख ९७ हजार ४९७ मतगणना भएको छ ।

यही २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ७ः४० बजेसम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख ५१ हजार ९६४ मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६,७४,९४०, नेकपा (एमाले)ले १३,९०,२९३, नेपाली कम्युनिस्ट पार्टीले ७,५३,०८२, श्रम संस्कृति पार्टीले ३,४८,१५९, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३,२२,६०४ मत पाएको छ ।

हाल बाँकी मतगणना जारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ