हिजोको तुलनामा आज सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ३ हजार ८ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ३ लाख १३ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार ३ हजार ८ सय रूपैयाँले बड्दै ३ लाख १७ हजार रूपैयाँ पुगेको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३ सय १० रूपैयाँले बढ्दै ५ हजार ७ सय २० रूपैयाँ पुगेको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ४ सय १० रूपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ