प्रतिनिधि सभा सदस्य निर्वाचनः रास्वपाले समानुपातिकमा ५० लाख मत कटायो
थानकोट ।
गत बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ५० लाख मत कटाएको छ ।
कुल १ करोड ४ लाख १९ हजार २३४ मतगणना गर्दा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको हो ।
त्यस्तै, नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ तथा नेकपा (एमाले)ले १४ लाख ११ हजार ४२९ समानुपातिक मत प्राप्त गरेको छ ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ७लाख ६६ हजार ८७५ मत ल्याउँदा चार महिनाअगाडि स्थापना भएको श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ ल्याएको छ ।
त्यसैगरी थ्रेसहोल्ड कटाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ लाख २४ हजार ८८१ मत ल्याएको छ ।















