रवि र बालेनलाई दक्षिण एसियाली मुलुकका नेताहरूबाट बधाईको ओइरो
थानकोट ।
भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेले गत २१ फागुनको चुनावबाट दुईतिहाई नजिक मत ल्याएर विजय भएपछि बधाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र विरिष्ठ नेता बालेन्द्र शाहलाई दिएका छन् ।
तोग्बेले नेपाली जनतालाई पनि बधाई दिएका छन् । उनले नेपाल र भुटानको मित्रतामा काम गर्ने बताएका छन् ।
रास्वपाले बालेन्द्रलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेकाे छ ।
यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पनि बधाई दिइसकेका छन् ।















