पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज भारत जाँदै
थानकोट ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत जाँदै छन् ।
राजधानी नयाँ दिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन भट्टराई भारत जान लागेको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार उक्त समिट १२, १३ र १४ मा आयोजना हुँदै छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वप्रख्यात व्यक्तिहरू सहभागी हुने समिटमा भट्टराई गेस्ट अफ ओनरका रूपमा सहभागी हुन लागेका हुन् ।
भट्टराईले सम्मेलनअन्तर्गत शनिबार बिहान डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै लोकतन्त्र, सुशासन र युवाको भूमिकाबारे विचार राख्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।















