विदेशमा बसेका नागरिकका लागि ग्लोबल आईएमईले २४ सै घण्टा सेवा प्रवाह गर्ने

Thankot Times

थानकोट ।

विदेशमा बसेका नागरिकका लागि ग्लोबल आईएमईले २४ सै घण्टा सेवा प्रवाह दिने भएको छ।

बिहीबारदेखि विदेशमा बस्ने नेपालीहरूलाई लक्षित गरेर सो बैंकले विशेष कस्टमर सर्भिस एरिया शुभारम्भ गरेको हो।

शुभारम्भ कार्यक्रममा ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा बसेका नेपाललाई लक्षित गरेर बैंकले २४ सै घण्टा सेवा प्रवाह आजैदेखि थाल्न निर्देशन दिए।

ढकालले ग्लोबल आईएमई बैंक लिमिटेड सबै पक्षबाट नम्बर १ बैंक भएकाले विदेशमा बस्ने नेपालीका लागि सेवा सुविधाका लागि छुट्टै डिभिजन स्थापना गरेर सेवा प्रवाह बैंकिङ इतिहासमै पहिलोपटक थालिएको बताए।

अध्यक्ष ढकालले भने, ‘नेपालीहरू अष्टेलिया, युरोप, अमेरिका, मध्यपूर्वीदेशदेखि कोरिया, जापान लगायत विभिन्न देशमा नेपालीहरु रहेका कारण आजै देखि २४ सैँ घण्टा कस्टुमर सर्भिस दिने हिसाबले काम थाल्नुपर्छ। जस्तो अष्टेलियामा ५ घण्टा समय अघि छ, युरोपमा ४ घण्टा समय पछाडी छ। अमेरिकामा ११/१२ घन्टा नै फरक छ। हामी सबै देशमा रहेका नेपालीका लागि कुनै इस्यु हुँदा बित्तिकै २४ सै घन्टा सर्भिस दिने हिसावले थालौँ।’

नेटवर्कका हिसावले ग्लोबल आईएमई सबैभन्दा ठूलो बैंक भएकाले सोही अनुसारको सर्भिस प्रवाहमा बिलम्व गर्न नहुने उनको भनाइ थियो।

ग्लोबल आईएमई बैंकले आजदेखि थालेको नयाँ सुविधाले विदेशमा बस्ने नेपाली नागरिक (एनआरएन) तथा ओभरसिज नेपालीहरूलाई नेपालमा बैंकिङ सेवा लिन सजिलो बनाउने अपेक्षा गरिएको छ।

अब एनआरएनहरूले बचत तथा फिक्स्ड डिपोजिट अकाउन्ट खोल्न, विदेशी मुद्रामा कारोबार गर्न सक्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ