कांग्रेसका १८ उम्मेदवारको धरौटी जफत, काठमाडाैं क्षेत्र नं. ९ र १० सहित ८४ स्थानमा दोस्रो

Thankot Times

थानकोट ।

फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले यसपालिको चुनावमा प्रत्यक्षतर्फ १६५ क्षेत्रमै उम्मेदवारी दिएकोमा १८ क्षेत्रमा मा जित हात पारेको छ ।

यो चुनावमा कांग्रेसका उम्मेदवारहरू १४७ क्षेत्रमा पछि परे।

यीमध्ये ८४ स्थानमा कांग्रेस उम्मेदवारले दोस्रो बढी मत ल्याउँदा ६३ स्थानमा भने अझै पछि परेको देखिन्छ।

सभापति गगन थापा र चुनाव उठेका सबै पदाधिकारी यो चुनावमा पराजित भएका छन्।

बागमतीमा कांग्रेसले १ क्षेत्र मात्रै जित्यो- रसुवा।

बागमतीका ४ क्षेत्रमा कांग्रेस उम्मेदवारको जमानत जफत भयो। काठमाडौंका १० मध्ये २ क्षेत्रमा कांग्रेस उम्मेदवारको धरौटी जफत भयो- काठमाडौं क्षेत्र नम्बर ७, काठमाडौं क्षेत्र नम्बर ८ मा।

साथै, भक्तपुर १ र चितवन ३ मा कांग्रेस उम्मेदवारको जमानत जफत भएको छ। यी सबै ठाउँमा रास्वपा उम्मेदवार विजयी भएका छन्।

बागमतीका अन्य क्षेत्रमा भने कांग्रेस उम्मेदवारले जमानत जोगाएका छन्। अधिकांश ठाउँमा दोस्रो बढी मत ल्याएका छन्।

काठमाडाैं क्षेत्र नं. ९ मा रास्वपाका डीपी अर्यालले ३५०९३ मत पाउँदै विजयी हुँदा नेपाली काँग्रेसकी नानु बास्तोला ५४६० मतसहित दोश्रो स्थानमा रहँदा नेकपा एमालेका अजयक्रान्ती शाक्य ४५६० सहित तेस्रो स्थानमा रहे ।

काठमाडाैं क्षेत्र नंं १० मा रास्वपाका प्रदिप विष्टले ३७४६९ मत पाउँदा नेपाली काँग्रेसका हिमाल कार्कीको पक्षमा ८१०० मत पर्यो । नेकपा एमालेका विनोद श्रेष्ठले ४८५४ मत पाए ।

उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगले १० हजार रुपैयाँ दस्तुर लिने गर्छ। कुल सदर मतको १० प्रतिशत कटाउने उम्मेदवारले जमानत बापतको उक्त रकम फिर्ता पाउँछन्। उक्त मत नकटाउने उम्मेदवारको १० हजार रूपैयाँ जफत हुन्छ। धरौटी जफत त्यसैलाई भनिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ